Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण

पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण

इच्छाकामना न्युज

७, श्रावण २०८२
पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण
images

साहारा लिम्बू, फुङ्लिङ। ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो ।

images
images

घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार घण्टी गेटको उचाइ तीन मिटर र चौडाइ तीन मिटर रहेको छ ।

यस्तै मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ । यस्तै मन्दिर क्षेत्रमा घण्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टीसँगै पुराना त्रिशूलहरुको पनि व्यवस्थापन गर्नका लागि घण्टी र त्रिशूल पार्क निर्माण गरेको हाङ्बाङले बताउनुभयो ।

घण्टी गेटका लागि १० लाख, मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म घण्टी झुन्ड्याउन १० लाख र घण्टी त्रिशूल पार्कका लागि १० लाख गरी जम्मा ३० लाख रुपियाँको लागतमा उक्त कार्य सम्पन्न भएको छ । यस अघि मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी लिलामीमा राख्ने कुराले निक्कै चर्चा पाउनुका साथै चौतर्फी आलोचना भएको थियो ।

त्यसपछि अहिले भक्तजनहरूले चढाएको पुराना घण्टी र त्रिशूलको व्यवस्थापनका लागि घण्टी गेटसँगै पार्क निर्माण गरिएको हो ।

images
प्रकाशित मिति :श्रावण ७, २०८२ बुधवार - ०९:१८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology