Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता,विभिन्न उपसमितिसमेत गठन

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता,विभिन्न उपसमितिसमेत गठन

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता,विभिन्न उपसमितिसमेत गठन

चितवन फागुन,१७। सगरमाथा साहित्य प्रतिष्ठान ,नेपाल केन्द्रीय कार्यसमिति (यूएई आबुदावी) पूर्णता पाएको छ । अधिवेशनपछि बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमितिलाई पूर्णता दिँदै विभिन्न उपसमितिका संयोजकहरू पनि तोकेको हो । अधिवेशनले यसअघि नै जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको थियो । बैठकले केन्द्रीय उपाध्यक्षमा सरु सितल राई, महासचीवमा डीजी शर्मा, सचिवमा डिएल घिमिरे, सहसचिवमा सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे र सदस्यहरूमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता बान्तवा, शम्भु अर्याल (पदेन सदस्य, गन्डकी शाखा अध्यक्ष) र मोहन तरामु मगर ९पदेन सदस्य० लाई चयन गरेको छ । यस्तै निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यको रूपमा मनोनित गरेको छ । बैठले विभिन्न उपसमिति र तिनका संयोजकहरू पनि चयन गरेको छ । कलारसाहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचनारसञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरबस्ती र प्रवक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।संस्थाको अनुशासन कमिटिको संयोजकमा निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मालाई चयन गरेको छ । त्यसैगरी अघिल्लो कार्यकालमा कमिटी विस्तारका लागि मुना आत्रेय ( प्रदेश) १०, राधिका कल्पित (प्रदेश) ३०, शम्भु अर्याल (प्रदेश) ५०, तपन जिएम ९प्रदेश९ ५०, चिन्तन नेपाल ९प्रदेश९ ५० र उदिन विवस ९प्रदेश९ ७ ० लाई संयोजक तोकी सकिसकेको छ ।यस्तै अमेरिका निवासी राखी गौचन र पोर्चुगल निवासी किरन म्योङबालाई संस्थाको अन्तर्राष्ट्रिय शाखा विस्तारका लागि संयोजकहरू नियुक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिएका छन् ।

images

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १८:५९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology