Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कक्षा कोठामै मृत भेटिइन् ३४ वर्षीया शिक्षिका

कक्षा कोठामै मृत भेटिइन् ३४ वर्षीया शिक्षिका

इच्छाकामना न्युज

६, श्रावण २०८२
कक्षा कोठामै मृत भेटिइन् ३४ वर्षीया शिक्षिका
images

काठमाडौं । धनुषाको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षिका आफ्नै कर्मक्षेत्रमा मृत फेला परेकी छिन् । धनुषाको मिथिला नगरपालिका-८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा ३४ वर्षीया शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर बाल विकास कक्षाकोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

images
images

गत साउन १ गते बिहान करिब ४:४५ बजे स्थानीयले विमलालाई कक्षाकोठामा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले अनुसन्धान थालेको थियो । प्रहरीले घटनास्थल नजिकै रहेको विमलाको ज ११ प ७४९२ नम्बरको स्कुटरको डिक्कीबाट एक सुसाइड नोटसमेत फेला पारेको छ । यही सुसाइड नोटले घटनाको रहस्य खोल्दै मिटरब्याजीको कालो कर्तुतलाई सतहमा ल्याइदिएको हो ।

मिटरब्याजीको जालो र मानसिक यातना
प्रहरी अनुसन्धानका अनुसार, विमलाले जनकपुरधाम उपमहानगरपालिका-९ का ५५ वर्षीय राजकिशोर यादवसँग ऋण लिएकी थिइन् । उनले यादवसँग जम्मा ३ लाख २० हजार रुपैयाँ ऋण लिएको भए तापनि चुक्ता गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, यादवले विमलाबाट लिएको खाली चेकमा ४५ लाख रुपैयाँ भरेर उनलाई निरन्तर मानसिक तनाव दिने, धम्क्याउने र बेइज्जत गर्ने चेतावनी दिँदै आएका थिए ।

परिवारका अनुसार, घटनाको केही दिनअघि असार ३२ गते यादव विमलाको घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए । पैसा नदिए चेक बाउन्स गराएर जेल हाल्ने धम्की पनि उनले दिएका थिए । पटक-पटकको मानसिक यातना र सामाजिक बेइज्जतीको डरले विमलाले यस्तो दर्दनाक कदम चालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

सुसाइड नोट र अन्य प्रमाणका आधारमा प्रहरीले साउन २ गते नै राजकिशोर यादवलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ । धनुषाका प्रहरी प्रवक्ता, डीएसपी वरुणबहादुर सिंहका अनुसार यादवको घरबाट प्रहरीले विभिन्न व्यक्तिका नाममा रहेका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकलगायत मिटरब्याजसँग सम्बन्धित थुप्रै कागजातहरू बरामद गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको बताएको छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०८२ मंगलवार - ०९:१३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology