Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

गोरखामा मनसुनभर रात्रिकालीन समयमा अतिआवश्यक बाहेकका सवारी चलाउन रोक

गोरखामा मनसुनभर रात्रिकालीन समयमा अतिआवश्यक बाहेकका सवारी चलाउन रोक

images

इच्छाकामना न्युज

५, श्रावण २०८२
गोरखामा मनसुनभर रात्रिकालीन समयमा अतिआवश्यक बाहेकका सवारी चलाउन रोक
images

गोरखा । जिल्लाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यकबाहेकका सवारी संचालनमा रोक लगाइएको छ ।

समन्वय समितिको आइतबारको बैठकले अविरल पानी परिरहेको अवस्थामा गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको हो ।

ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘बाटो अप्ठ्यारो रहेको क्षेत्रमा सवारी नचलाउन भनेका छौं,’ उनले भने,‘मनसुनको समयमा आउन सक्ने बाढी, पहिरोका कारण सडक/राजमार्ग अवरोध हुन सक्छ, सवारी साधन संचालन गर्दा बाटो माथिबाट आउन सक्ने, पहिरो नदेखिने र ठूलो दुर्घटना हुनसक्ने परिस्थितिलाई मध्यनजर गरेर सुरक्षा सावधानी अपनाउन भनेका हौं ।’

सडकमा पहिरो गएको खण्डमा तत्काल खुलाउन उपकरण सहितको प्रबन्धका लागि तोकिएको निकायहरुमा भनिएको उनले बताए । बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १२:३२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology