Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवन कारागारबाट छुट्ने भन्दा आउने बढी

चितवन कारागारबाट छुट्ने भन्दा आउने बढी

images

इच्छाकामना न्युज

५, श्रावण २०८२
चितवन कारागारबाट छुट्ने भन्दा आउने बढी
images

चितवन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन् । यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का हुन् भने अन्य चितवनका छन् ।

गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उनले जानकारी दिए ।

उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ ।

कारागारमा गत आर्थिक वर्षमा दुई जना कैदीबन्दीको मृत्यु भएको उनले जानकारी दिए । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो ।

अहिले कारागार कार्यालयमा ७३० जना छन् । जसमध्ये ६८४ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीसँग आश्रित पाँच जना बालबालिका रहेका छन् । कारागारमा ४७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ ।

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए

भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट शल्यक्रिया गरिएको छ ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन लाख ५३ हजार ३९७ जनाको आँखा उपचार गरिएको थियो ।

उक्त वर्ष ११ हजार ३२४ जनाको शल्यक्रिया गरिएको थियो । तीमध्ये चार हजार ३१२ जनाको फेको प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको यस अस्पताल मातहत चितवनसहित आठ वटा जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

गत आर्थिक वर्षमा अस्पतालबाहिर बाह्य क्याम्प (शिविरमार्फत) ४० हजार ९३३ जनाको उपचार गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४२ हजार ८९४ रहेको थियो ।

अस्पतालका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्काका अनुसार अघिल्लो वर्ष आँखा पाक्ने समस्याले बिरामीको उच्च चाप भएकामा गत वर्ष यो समस्या कम रहेको थियो । यस्तै, अन्य सरकारी र निजी क्षेत्रका अस्पतालहरूले पनि आँखाको सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या केही घटेको हो । यद्यपि अस्पतालले क्षेत्रसँगै सेवा विस्तार गर्दै गएको उनले बताए ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा विभिन्न जिल्लाका पालिकाहरूमा आँखा सेवा पु¥याइएको उनले बताए । विभिन्न दातामार्फत प्राप्त हुने उपकरण र सहयोगका कारण सुलभ शुल्कमा उच्चस्तरको आँखाको उपचार दिन सकिएको उनी बताउछन् ।

अस्पतालको भरतपुरमा सबैखाले उपचार हुने आँखाको टर्सरी अस्पताल छभने भरतपुर हाइटमा सिटी क्लिनिक सञ्चालनमा छ ।

पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सेवासहितको अस्पताल छभने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

विक्रम संवत् २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको यस आँखा अस्पतालले सेवा विस्तार गर्दै आठ वटा जिल्लामा पुगेको हो । चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १२:२३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology