आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ र ४ मा अवस्थित ऐनापहरामा निर्माण गरिएको साहसिक खेल स्काई वाक आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने भएको छ।
“पहराको काखबाट आकाश छुनु जस्तै हो स्काईवाक जहाँ हिम्मतले डरलाई हराउँन सफल हुन्छ, “भन्ने उदेश्यका साथ साहसिक खेल खेलेर अनुभव बटुल्नको लागि गाउँपालिकाले स्काईवाक संचालनमा ल्याउन लागेको हो ।
पर्यटकलाई थप मनोरञ्जन दिलाउन सशुल्कसहित स्काईवाक संचालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
पछिल्लो समय ऐनापहरामा आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेपछि स्थानीय उत्पादनले बजार पाउन समेत थालेको छ ।