Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

images

इच्छाकामना न्युज

३२, आषाढ २०८२
भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु
images

भरतपुर । चितवनको भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा खेल्ने क्रममा अचानक सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हो।

भरतपुर-१०  घर भएकी बालिका असार ३० गते सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचारभइरहेको थियो।

 उपचारको क्रममा हिजो साँझ ६:४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

images
प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - ०८:२८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology