Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

सालकको खपटासहित चितवन निकुञ्जबाट ५ जना पक्राउ

सालकको खपटासहित चितवन निकुञ्जबाट ५ जना पक्राउ

images

इच्छाकामना न्युज

३१, आषाढ २०८२
सालकको खपटासहित चितवन निकुञ्जबाट ५ जना पक्राउ
images

चितवन । दुर्लभ वन्यजन्तु सालकको खपटासहित टिकौलीबाट पाँचजना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको टोलीले सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका व्यक्तिको विवरण भने निकुञ्ज कार्यालयले खुलाएको छैन । तीनवटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले बताए ।

सालको खपटा ओसारपसार भइरहेको सूचनालाई आधार मानेर शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा रत्ननगर नगरपालिका–९ टिकौली वन नजिकबाट उनीहरुलाई समाएको सूचना अधिकारी थापा मगरले जानकारी दिए ।

सालक संरक्षित जीव हो । निकै दुर्लभ हुँदै गएको सालकको शरीरको स्वरुप न्याउरी मुसाको जस्तो देखिन्छ ।सालकको जिउ गोलाकार खालका कडा खाले कत्ला अर्थात् खपटाले ढाकिएको हुन्छ । यही खपटाका लागि अवैध रुपमा सालक मार्ने गरिन्छ ।

सालक संरक्षित जीवमा पर्ने हुँदा यसको अवैध सिकार र गैरकानुनी व्यपार तथा ओसारपसार गर्नेलाई एकदेखि पाँच लाख रुपैयाँसम्म जरिवना या एक वर्षदेखि १० वर्षसम्म कैद वा कैद र जरिवाना दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०८२ मंगलवार - ०९:३९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology