Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

खानेपानी संस्थामा कर र विद्युत् महसुल छुट गर्न माग

खानेपानी संस्थामा कर र विद्युत् महसुल छुट गर्न माग

images

इच्छाकामना न्युज

३१, आषाढ २०८२
खानेपानी संस्थामा कर र विद्युत् महसुल छुट गर्न माग
images

गोरखा ।  सामुदायिक खानेपानीमा कर छुट र विद्युत् महसुल छुटको व्यवस्था गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा गोरखाले माग गरेको छ । 

मुनाफारहित र सामुदायिक सेवा प्रदान गर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था/समूह/समितिद्वारा सञ्चालित आधारभूत मानव अधिकार र मौलिक हकका रुपमा रहेको सामुदायिक खानेपानीमा कर छुट र विद्युत महसुल छुटको माग गर्दै महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

कर छुटका सम्बन्धमा संघीय संसद्, राष्ट्रिय सभाबाट समेत संकल्प प्रस्ताव परित भएको ज्ञापनपत्रमा उल्लेख छ । जलस्रोत ऐन २०४९, खानेपानी तथा सरसफाइ ऐन २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत विधिवत दर्ता भएका मुनाफारहित र सामुदायिक सेवा प्रदान गर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई करछुट र विद्युत महसुल छुट आधारभूत मानव अधिकार र मैलिक हकको रुपमा रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

महासंघको अनुरोधमा आयकर ऐन २०५८ को दफा १०(ट) मा जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो उद्देश्यअनुरुप आर्जन गरेको रकमममा कर छुट हुने व्यवस्था रहेको पनि महासंघले जनाएको छ । तर आर्थिक विधेयक २०८१ को दफा ३६(२) मार्फत कर छुट हुने व्यवस्था हटाई खानेपानी जस्तो मौलिक हकको वस्तुमा नेपाल सरकारले कर लगाउने निर्णय गरेको प्रति ध्यानाकर्षण भएको महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :आषाढ ३१, २०८२ मंगलवार - ०९:३७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology