Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते, तीनको अवस्था गम्भीर

images

इच्छाकामना न्युज

२९, आषाढ २०८२
काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते, तीनको अवस्था गम्भीर
images
कपिलवस्तु । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
 
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।
 
लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ।
  • घाइतेहरूको विवरण

बुटवल रिफर गरिएका गम्भीर घाइतेहरू:

१. देबी बुढाथोकी, ७७ वर्ष, सल्यान बागचौर न.पा.–१० (टाउको र शरीरमा चोट)
२. मोहनलाल बुढाथोकी, ५६ वर्ष, सल्यान शारदा न.पा.–१२ (टाउकोमा चोट)
३. श्रीधर अधिकारी, ३५ वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–११ (बायाँ हातमा चोट)

चन्द्रौटामा उपचाररत तथा बुटवल रिफर गरिएका अन्य घाइतेहरू:

मध्यम घाइते:

  • मोतिलाल एरी, २८ वर्ष, रुकुम पश्चिम आठबिसकोट न.पा.–८

  • कोसिस गौतम, २१ वर्ष, सोलुखुम्बु सोताङ गा.पा.–३

  • अनिता चलाउने, १९ वर्ष, सल्यान चिद्द कुमाउ गा.पा.–२

  • सचिला नेपाली, ५२ वर्ष, दाङ घोराही उ.म.न.पा.–१८

  • टुककुमारी श्रेष्ठ, ६० वर्ष, अर्घाखाँची सितगंगा न.पा.–८

  • चित्रप्रसाद धिताल, २५ वर्ष, सल्यान बागचोर न.पा.–१०

  • ओमप्रकाश खड्का, ३१ वर्ष, रोल्पा परिवर्तन गा.पा.–३

  • रुपा चौधरी, २८ वर्ष, दाङ राप्ती गा.पा.–४

  • हेमराज वली, ३९ वर्ष, रोल्पा गंगादेव गा.पा.–३

  • खड्क बहादुर पुन, ३९ वर्ष, पर्वत मादी गा.पा.–३

  • भीमबहादुर बि.क., ४३ वर्ष, सल्यान छत्रेश्वरी गा.पा.–१

  • ईन्द्र बहादुर बि.क., ४० वर्ष, सल्यान बागचौर न.पा.–४

  • ललित शर्मा, २१ वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–११

  • सन्दिप वली, ३१ वर्ष, रोल्पा गंगादेव गा.पा.–३ (बुटवल रिफर)

  • बिशाल बोहोरा, २२ वर्ष, डडेल्धुरा आलीताल गा.पा.–४

  • शर्मिला नेपाली, २४ वर्ष, दाङ दंगिशरण गा.पा.–२

  • रस्मी बोहोरा, ४२ वर्ष, सल्यान छत्रेश्वरी गा.पा.–३

  • बेद बहादुर वली, ३९ वर्ष, दाङ घोराही उ.म.न.पा.–११

  • आधार गौतम, १५ वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–१२ (बुटवल रिफर)

  • सिता बस्नेत, ३५ वर्ष, दाङ घोराही उ.म.न.पा.–११

सामान्य घाइते:

  • महेन्द्र दराई, ३० वर्ष, दाङ घोराही उ.म.न.पा.–१

  • धनराज गौतम, ४० वर्ष, दाङ तुलसीपुर उ.म.न.पा.–१२

  • निशा के.सी., ३७ वर्ष, सल्यान बागचौर न.पा.–१०

  • सन्तोष शर्मा, २२ वर्ष, सल्यान बागचौर न.पा.–१०

  • रमेश सुनार, ३३ वर्ष, दाङ बबई गा.पा.–६

  • लेखराज पाण्डे, ३७ वर्ष, दाङ तुल्सीपुर उ.म.न.पा.–११

images
प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - ०८:४४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology