Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवनमा बाढीको जोखिम : २५ हजारभन्दा बढी घरपरिवार संकटमा

चितवनमा बाढीको जोखिम : २५ हजारभन्दा बढी घरपरिवार संकटमा

images

इच्छाकामना न्युज

२७, आषाढ २०८२
चितवनमा बाढीको जोखिम : २५ हजारभन्दा बढी घरपरिवार संकटमा
images

चितवन, असार २७ ।

चितवन जिल्लामा अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च बनेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकाका २५ हजार ७३३ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा छन्। यसबाट एक लाख २८ हजार ६६५ जना जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ।

सबैभन्दा बढी प्रभावित हुने अनुमान राप्ती नगरपालिकामा गरिएको छ। त्यहाँ १० हजार १०९ घरका ५० हजार ९५० जना जोखिममा रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

यससँगै अन्य पालिकाहरूमा जोखिमको विवरण यसप्रकार छ:

  • भरतपुर महानगरपालिका: ६,६३५ घर, ३३,१७५ जना

  • माडी नगरपालिका: ३,९४६ घर, १९,७३० जना

  • रत्ननगर नगरपालिका: २,३८१ घर, ११,९०५ जना

  • कालिका नगरपालिका: १,००५ घर, ५,०२५ जना

  • खैरहनी नगरपालिका: ३२० घर, १,६०० जना

  • इच्छाकामना गाउँपालिका: १,२५६ घर, ६,२८० जना

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गर्नुका साथै उद्धारका लागि आवश्यक सबै तयारी गरिएको जानकारी दिनुभयो। “नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ। उद्धार टोली तयारी अवस्थामा राखिएको छ, साथै खाद्यान्न, स्वास्थ्य सामग्री र उद्धार सामग्री समेत तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ,” पौडेलले बताउनुभयो।

स्थानीय प्रशासनले जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै पूर्वतयारी गर्ने र जरुरी परेमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइने जनाएको छ।

images
प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - १८:३३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology