चितवन, रत्ननगर । बुढिराप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय अनमोल लम्सालको शव १५ घण्टापछि फेला परेको छ।
रत्ननगर–१५, माधवपुर निवासी बालक लम्साल बिहीबार दिउँसो २ बजे बेपत्ता भएका थिए। खोजी कार्यपछि शुक्रबार बिहान ५:१८ बजे चित्रसारीतर्फ पडेरीया पुलबाट २ किलोमिटर दूरीमा रहेको बाँसघारी नजिक शव फेला परेको हो।
नगर प्रहरीको टोलीद्वारा फेला पारिएको शवको घटनास्थलमा मुचुल्का उठाई पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी रञ्जन अवालेले जानकारी दिए।