Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

कालिका नगरपालिकाको ७६.७३% बजेट खर्च, चालू खर्च बढी, पुँजीगत कम

कालिका नगरपालिकाको ७६.७३% बजेट खर्च, चालू खर्च बढी, पुँजीगत कम

images

इच्छाकामना न्युज

२७, आषाढ २०८२
कालिका नगरपालिकाको ७६.७३% बजेट खर्च, चालू खर्च बढी, पुँजीगत कम
images

 चितवन । चितवनको कालिका नगरपालिकाले चालू आर्थिक वर्ष २०८१-०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले यो आर्थिक वर्षमा कुल ७६.७३ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

चालूतर्फ ८६.६१ प्रतिशत र पुँजीगततर्फ ६५.४४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । यो वर्ष ४९ करोड ५७ लाख एक हजार छ सय रूपैयाँ (५३.३१) प्रतिशत विनियोजन भएकोमा ४२ करोड ९३ लाख ४९ हजार नौ सय ६० रूपैयाँ २४ पैसा (८६.६१) प्रतिशत खर्च भएको चौलागाईंले बताए । पुँजीगततर्फ ४३ करोड ४० लाख ७२ हजार चार सय रूपैयाँ (४६.६९) प्रतिशत विनियोजन भएकोमा २८ करोड ४० लाख ७५ हजार आठ सय ९६ रूपैयाँ ८९ पैंसा (६५.४४) प्रतिशत खर्च भएको उनले बताए ।

आर्थिक वर्ष २०८१-०८२ मा चालू र पुँजीगततर्फ गरी कुल ९२ करोड ९७ लाख ७४ हजार विनियोजन भएकोमा ७१ करोड ३४ लाख २५ हजार आठ सय ५७ रूपैयाँ १३ पैसा (७६.७३) प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिए ।

कालिका नगरपालिकाको बजेट चालूभन्दा पुँजीगत (६.६२) प्रतिशतले बढी छ । प्रमुख प्रशासकीय अधिकृत चौलागाईं र वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले एक सूचना जारी गर्दै खर्च विवरण सार्वजनिक गरेका हुन् ।

जारी सूचनामा बजेट कार्यान्वयन गर्न सहयोग गर्ने टोल विकास संस्था, उपभोक्ता समिति, संघसंस्था, निर्माण व्यवसायी, विकास साझेदार सरोकारवाला सरकारी कार्यालय, सञ्चारकर्मी, नागरिक समाज, कर्मचारी सबैलाई धन्यवाद दिँदै आगामी बजेट कार्यान्वयनमा पनि सक्रिय सहयोग, समन्वय र सहभागिता रहने विश्वास गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - ०९:१४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology