Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

तनहुँमा खुकरी प्रहार गरी घाइते बनाउने एक युवा पक्राउ

तनहुँमा खुकरी प्रहार गरी घाइते बनाउने एक युवा पक्राउ

images

इच्छाकामना न्युज

२७, आषाढ २०८२
तनहुँमा खुकरी प्रहार गरी घाइते बनाउने एक युवा पक्राउ
images

तनहुँ, असार २७ गते । तनहुँको व्यास नगरपालिका– १ भादगाउँमा खुकरी प्रहार गरी घाइते बनाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  सोही वडा निवासी १९ वर्षीय विशाल मल्ल ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ खुकुरी प्रहारबाट सोही ठाउँका ५६ वर्षीय सिद्धबहादुर ठकुरी घाइते भएकाले प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्ष अशोक थापाले जानकारी दिनुभयो ।

दुई जनाबिच एक आपसमा झगडा हुँदा विशालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । अभियुक्त विशाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो । घाइते सिद्धबहादुर दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - ०९:०२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology