Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता हट्यो

जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता हट्यो

images

इच्छाकामना न्युज

२४, आषाढ २०८२
जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता हट्यो
images

तनहुँ, असार २४ गते ।  तनहुँको ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका– १ का बासिन्दाहरुलाई जीर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।

तनहुँ जलविद्युत आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत म्याग्दे गाउँपालिका–१ र ऋषिङ गाउँपालिका–१ जोड्ने सेती नदीमा रहेको झुलुङ्गे पुलको मर्मतसम्भार गरिदिएपछि जोखिम हटेको हो । काठका फल्याक मक्किएका र केही जीर्ण भएर झरेपछि उक्त पुलबाट गरिने आवतजावत जोखिमपूर्ण भएकोले सामाजिक उत्तरदायित्वअन्तर्गत मर्मत गरिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो ।

५८ हजार लागतमा उपभोक्ताहरुसँगको साझेदारीमा मक्किएका फ्ल्याक  परिवर्तन गरी यात्रा सुरक्षित गरिएको भण्डारीले जानकारी दिनुभयो । भण्डारीले भन्नुभयो, ‘‘मर्मतका लागि स्थानीयलाई नै रोजगार दिएर उपभोक्तालाई परिचालन गरी काम छिटो  र सस्तोमा मर्मत सम्भारको काम पूरा भयो ।’’

मर्मतपछि  अब उक्त पुलबाट गरिने यात्रा सुरक्षित भएको आयोजनाले जनाएको छ ।  आयोजनाका अनुसार पुल जीर्ण हुँदा स्थानीयलाई आधा घण्टा टाढाबाट घुमेर जानुपर्ने बाध्यता हटेको छ । स्थानीय सीप र प्रविधि प्रयोग गरेर पुलको मर्मत गरिएको हो । पुल मर्मत पछि स्थानीय खुसी भएका छन् । पुल मर्मतले स्थानीयलाई आवत जावतमा सहज भएको ऋषिङ गाउँपालिका– १ का वडाध्यक्ष कुशबहादुर थापाले बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ २४, २०८२ मंगलवार - ११:३४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology