काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबिच चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गरेको छ । नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ ।