Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

images

इच्छाकामना न्युज

२४, आषाढ २०८२
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला
images

इच्छाकामना । धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । 

शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०८२ मंगलवार - १०:३४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology