चितवन । तमु प्ये ल्हु संघ चितवनले आफ्नो गौरवशाली परियोजना क्होइबो निर्माणार्थ सुरु गरेको जमिन खरिद महाअभियान २०८१ सफल बनाउन एक ठूलो आर्थिक सहयोग प्राप्त भएको छ।
भरतपुर महानगरपालिका–१२, मिलनचोक निवासी (हाल युकेमा) जुम बहादुर कुप्छै तमु र देवी गरब्ज तमुस्योबाट रु १,२५,०००/- (एक लाख पच्चीस हजार) बराबरको आधा धुर जग्गा खरिद गर्न आर्थिक सहयोग गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष बिक्रम च्हम्रु गुरुङले भने, “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मुल नाराका साथ समुदायको आस्थाको धरोहर क्होइबो निर्माण गर्न यो सहयोग निकै महत्वपूर्ण छ।”
उनले यस सहयोगका लागि जुम बहादुर कुप्छै तमु र देवी गरब्ज तमुस्योलाई हार्दिक धन्यवाद दिँदै परम शक्ति तथा पितृहरुको आशीर्वाद कामना गरेका छन्।
तमु प्ये ल्हु संघले उक्त जमिन खरिद महाअभियानलाई अझ प्रभावकारी बनाउन लागि परेको छ र आगामी दिनमा थप सहयोगका लागि समुदायलाई आह्वान गरेको छ।