Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

बेनिघाट रोराङमा एसईईको नतिजा समिक्षा तथा लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न

बेनिघाट रोराङमा एसईईको नतिजा समिक्षा तथा लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२१, आषाढ २०८२
बेनिघाट रोराङमा एसईईको नतिजा  समिक्षा तथा लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न
images

धादिङ ।  बेनिघाट रोराङ गाउँपालिकाको शैक्षिक बर्ष २०८१ एसईई  को नतिजा  समिक्षा तथा आगामी शैक्षिक सत्र २०८२ को लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न भएको छ ।  गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया  विवेकको अध्यक्षतमा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष अभिभवाक संघका अध्यक्ष लगायत  सरोकारवालाहरुसँगको छलफलफल सम्पन्न भएको हो । 
   सो छलफलबाट गाउँपालिकाले आगामी शैक्षिक बर्ष २०८२ मा ८६.३३ प्रतिशित नतिजा ल्याउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष थपलियाले बताउनुभयो । शैक्षिक  बर्ष २०८१ मा गाउँपालिकामा ७२.७३ प्रतिशत नतिजा ल्याउन सफल भएका थिए ।  

पालिकामा रहेका १२ वटै माध्यमिक  विद्यालयका  प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक संघका अध्यक्षहरुले आ–आफ्नो विद्यालयले आगामी शैक्षिक वर्ष २०८२ मा प्राप्त गर्ने लक्ष्य निर्धारण गरेका छन् । शिक्षालाई गुणस्तरीय र नतिजा  सुधारका लागि गाउँपालिकाले लक्ष्य निर्धारण गरेर अघि बढेको अध्यक्ष थपलियको भनाई छ । 
कार्यक्रममा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे लगायतको उपस्थिति रहनुभएको थियो ।  
गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढीरहेको र नतिजा उन्मुख रहेको ठहर छ ।   
आगामी वर्षमा  ४ जि पि ए ल्याउने विद्यालयलाई एक लाख ५० हजार प्रदान गरिने छ । साथै विद्यार्थीहरुलाई रु १० हजार  प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।  कार्यक्रम शिक्षा शाखा प्रमुख बोधराज पाठकले सञ्चालन गर्नुभएको थियो । 

images
प्रकाशित मिति :आषाढ २१, २०८२ शनिवार - ०९:१६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology