Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

गोरखाका चन्द्र गुरुङको दुबईमा मृत्यु, शव पर्खंदै आफन्त

गोरखाका चन्द्र गुरुङको दुबईमा मृत्यु, शव पर्खंदै आफन्त

images

इच्छाकामना न्युज

२०, आषाढ २०८२
गोरखाका चन्द्र गुरुङको दुबईमा मृत्यु, शव पर्खंदै आफन्त
images

गोरखा । तीन वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएका गोरखाका चन्द्रबहादुर गुरुङको विदेशमै मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका— ३ पाङसिङका ४४ वर्षीय गुरुङको केही दिनअघि निधन भएको स्थानीय बुद्ध गुरुङले जानकारी दिए।

हृदयघातका कारण हिँड्दाहिँड्दै बाटोमा ढलेर मृत्यु भएको खबर प्राप्त भएको गुरुङले जानकारी दिए। उनको शव बिहीबार राति नेपाल आइपुग्ने भन्दै आफन्तहरू पर्खाइमा छन्। ‘राति ११ बजे शव आइपुग्छ भनेर सिर्दिबास काठमाडौं सम्पर्क समिति एयरपोर्टमा पर्खिएका छन्। सोतीसम्म नेपाल सरकारले एम्बुलेन्समा ल्याइदिने खबर आएकाले मृतककी छोरी सोतीमा गएर पर्खिरहेकी छिन्’, गुरुङले भने।
बेखर्ची भएपछि उनी केही समयदेखि चर्को तनावमा रहेको उनले बताए। ‘काम गरेको कम्पनीमा भिसा सिद्धिएको रहेछ। नेपाल आउन लाग्दा राहदानीको पनि म्याद सकिएको रहेछ। दुई पटकसम्म नेपाल फर्कने प्रयास गर्दा पनि फर्काइदिएको रहेछ’, स्थानीय बुद्ध गुरुङले भने, ‘पैसा पनि सकियो। भिसा, पासपोर्टको म्याद पनि सकिएको, श्रम स्वीकृति पनि सकिएकाले बेस्सरी तनावमा रहेछ।’
 
खान, बस्न पनि समस्या भएपछि तनावकै अवस्थामा मृत्यु भएको हुनसक्ने उनले बताए। उनको मृत्यु भएको एक सातापछि मात्र घर परिवारले जानकारी पाएको उनले बताए। गुरुङको घरमा श्रीमती, एक छोरा र एक छोरी छन्।

images
प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - ०९:२४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology