Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

धादिङ क्रेन दुर्घटनामा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु

धादिङ क्रेन दुर्घटनामा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु

images

इच्छाकामना न्युज

१८, आषाढ २०८२
धादिङ क्रेन दुर्घटनामा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु
images

१८ असार, धादिङ । यही असार ९ गते धादिङमा क्रेन दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा आज बिहान काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा क्रेनमा सवार काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने ३३ वर्षीय जयराम तिमिल्सिना छन् ।

उनको आज असार १८ गते बिहान ३:४० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असार ९ गते साँझ करिब ५ बजे धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ६ गोलाङटारमामा बा २ ख ६४९० नम्बरको क्रेन आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो ।

दुर्घटनामा चालकसहित राजु बिडारीसहित चार जना घाइते भएका थिए । मकवानपुरको थाहा नगरपालिका ६ बस्ने चालक बिडारीलाई धादिङबेसी अस्पतालमा उपचारपछि डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अन्य घाइतेहरु पर्साको वीरगञ्ज उपमहानगरपालिका १५ बस्ने १८ वर्षीय रियाज खान र सोही ठाउँका २० वर्षीय ओमराज राम उपचारपछि डिस्चार्ज भइसकेका छन् । उनीहरुको हातखुट्टामा चोट लागेको थियो ।

काठमाडौंका जयराज तिमिल्सिनाको भने टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचार भइरहेको थियो । धादिङबेसीबाट रेफर भई काठमाडौंको धुम्बाराहीस्थित हेम्स अस्पताल हुँदै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - ०९:२८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology