चितवन । चितवनमा एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन्। राप्ती नगरपालिका-४ मा घरायसी विवादका कारण ४२ वर्षीया कुमारी प्रजाले आत्महत्या गरेकी हुन्।
घटनास्थलमै कुमारीको मृत्यु भएको र उनका श्रीमान् लीलाबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ। चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
भिरबाट हाम फाल्दा मंगलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् ।
लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।