Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, ६२ करोड ८ लाखको बजेट सार्वजनिक

आँबुखैरेनी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, ६२ करोड ८ लाखको बजेट सार्वजनिक

images

इच्छाकामना न्युज

१०, आषाढ २०८२
आँबुखैरेनी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, ६२ करोड ८ लाखको बजेट सार्वजनिक
images

आँबुखैरेनी, १० असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि कूल बजेट ६२ करोड ८ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाकाको सत्रौ गाउँसभामा मंगलबार गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले आगामी आर्थिक वर्षकोलागि सो बजेट प्रस्तुत गरेकी थिइन् । आबुँखैरेनीले कुल बजेट मध्ये आर्थिक विकास तर्फ ५ करोड ८४ लाख ९ हजार, पुर्वाधार विकास तर्फ २१ करोड १९ लाख ९४ लाख ४५ हजार, संस्थागत विकास तथा शुसासन तर्फ ११ करोड ५३ लाख ९० हजार तथा सामाजिक विकास तर्फ २३ करोड ५१ लख ३८ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

यस अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी वर्षकोलागि पुर्वाधार विकास तथा स्वास्थ्य र शिक्षा तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरि सुविधासम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने, शैक्षिक सुधार गर्ने विषयलाई गाउँपालिकाले मुख्य नीति तथा कार्यक्रममा राखेको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - २२:३३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology