Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

स्ववियु आँबुखैरेनी क्याम्पसद्वारा काव्य गोष्ठी कार्यक्रम सम्पन्न

स्ववियु आँबुखैरेनी क्याम्पसद्वारा काव्य गोष्ठी कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

८, आषाढ २०८२
स्ववियु आँबुखैरेनी क्याम्पसद्वारा काव्य गोष्ठी कार्यक्रम सम्पन्न
images

आँबुखैरेनी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), आँबुखैरेनी क्याम्पसको आयोजनामा आइतबार एक दिवसीय काव्य गोष्ठी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसी हुनुहुन्थ्यो भने विशेष अतिथिको रूपमा लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ उपस्थित हुनुहुन्थ्यो। साथै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष अनिल बाबु श्रेष्ठ, लोमस वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लव, आँबुखैरेनी वाङ्मय परिषद्का सचिव युवराज बगाले र स्रष्टा सत्या अधिकारी पनि कार्यक्रममा सहभागी थिए।

स्वागत मन्तव्य विज्ञा राना मगरले प्रस्तुत गर्नुभएको उक्त काव्य गोष्ठीमा लक्ष्मी थापा, रामचन्द्र श्रेष्ठ, अनिल बाबु श्रेष्ठ, सत्या अधिकारी, राजेश सुनाम, अर्जुन ढकाल, राजेन्द्र गुरुङ, युवराज बगाले र विज्ञा राना मगरले आफ्ना सिर्जनाहरू वाचन गर्नुभयो। कार्यक्रममा स्ववियू सचिव हरि लामिछानेले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष संगिता थापाले सभाध्यक्षको भूमिका निर्वाह गर्नुभयो।

कार्यक्रमको विशेष अंशमा क्याम्पसद्वारा आयोजित निबन्ध प्रतियोगिताका विजेताहरूलाई लोमस वाङ्मय प्रतिष्ठानद्वारा पुरस्कार वितरण गरिएको थियो। साथै प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले क्याम्पसलाई पुस्तकहरू पनि हस्तान्तरण गर्नुभयो। आयोजकहरूले यस प्रकारका कार्यक्रमहरूले साहित्यिक सिर्जनशीलता र विद्यार्थीहरूको सक्रियता अभिवृद्धि गर्ने उद्देश्य राखेको बताएका छन्।

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - २१:१८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology