Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवन कोराकका एक चेपाङ वृद्ध खोलाको खोँचमा मृत फेला

चितवन कोराकका एक चेपाङ वृद्ध खोलाको खोँचमा मृत फेला

images

इच्छाकामना न्युज

८, आषाढ २०८२
चितवन कोराकका एक चेपाङ वृद्ध खोलाको खोँचमा मृत फेला
images

चितवन, असार ८ । घरबाट हराएको तीन दिनपछि चितवन कोराकका एक चेपाङ वृद्ध खोलाको खोँचमा मृत फेला परेका छन् । राप्ती नगरपालिका–१० कोराक चिप्लेटीका ८१ वर्षीय मकल प्रजा चेपाङ असार ४ गते बुधबार साँझ घरबाट निस्के पनि नफर्केपछि आफन्तले खोजतलास गरेका थिए ।

शनिबार दिउँसो उनको शव घरदेखि उत्तरतर्फ ५ सय मिटर पर ताकुन्चे खहरे खोलाको खोँचमा भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । मकलका भतिज कृष्णबहादुर चेपाङले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पूर्व पश्चिम राजमार्गको वीरेन्द्रनगर बजारदेखि लगभग १० किलोमिटर उत्तर पहाडी खोँचमा पर्छ । सो क्षेत्र आदिवासी चेपाङ बहुल ठाउँ हो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - १०:५३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology