Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

डेलिभरी गराउन भरतपुर अस्पताल आउँदै गरेकी रेनुका श्रीमान्, सासू र गर्भको शिशुसहित अस्ताइन्

डेलिभरी गराउन भरतपुर अस्पताल आउँदै गरेकी रेनुका श्रीमान्, सासू र गर्भको शिशुसहित अस्ताइन्

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
डेलिभरी गराउन भरतपुर अस्पताल आउँदै गरेकी रेनुका श्रीमान्, सासू र गर्भको शिशुसहित अस्ताइन्
images

चितवन, असार ७ । हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेललाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएका थिए। सोही कारण आज सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीसहित इभी माइक्रोमा भरतपुर अस्पताल आउँदै थिइन्।

उनलाई आफ्नो दोस्रो सन्तान जन्माउने ठूलो धोको थियो। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासू र श्रीमान्‌का साथ चितवन हिँडेकी थिइन्। रेनुका हेटौँडामै स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर आउँदै थिइन ।

उनीहरूले चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग उनीहरू चढेको माइक्रो बस ठक्कर खाँदा गर्भको शिशुसहित तीनैजना सदाका लागि अस्ताए। उनीहरू तीनैजनाको त्यस दुर्घटनामा ज्यान गएको उनका आफन्त नवराज पहाडीले जानकारी दिए।

शनिवार बिहान १०ः१५ बजेको समयमा भएको उक्त दुर्घटनामा उनीहरूसहित ७ जनाले ज्यान गुमाएका छन्। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१-००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३-००१ ज २९९ नम्बरको इभी माइक्रो एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा २४ जना घाइते भएका छन्।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - २१:५६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology