Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

आँबुखैरेनीमा पनि ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाईयो

आँबुखैरेनीमा पनि ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाईयो

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
आँबुखैरेनीमा पनि ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाईयो
images

आँबुखैरेनी, असार ७ । तनहुँको आँबुखैरेनीमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस शनिबार भव्यताका साथ मनाईएको छ। "स्वयं र समाजका लागि योग" भन्ने मूल नारासहित आयोजित कार्यक्रममा योग, प्राणायाम तथा ध्यानका विविध विधिहरू प्रदर्शन गरिएका थिए।

कार्यक्रम पतञ्जली योग समिति र आँबुखैरेनी योग तथा खुसी समाजको आयोजना तथा आँबुखैरेनी गाउँपालिकाको सहयोगमा वडा नं. ३ स्थित फुटसल मैदानमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शुक्र चुमानले योग मानिसको आत्मिक, मानसिक र शारीरिक सन्तुलनको लागि आवश्यक रहेको बताए। “यस्ता स्वास्थ्यमुखी कार्यक्रमले समाजलाई अनुशासित र सचेत बनाउँछ,” उहाँले भन्नुभयो। गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

समाजकी अध्यक्ष पम्फा श्रेष्ठले योग अभ्यासले व्यक्ति र समाज दुवैमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। उहाँका अनुसार योग शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलनका लागि पनि आवश्यक छ। कार्यक्रममा वडा नं. ४ का अध्यक्ष मिलन भुजेल, बौद्ध सदन आँबुखैरेनी गुम्बाका अध्यक्ष कृष्णमान तामाङ, विभिन्न योग साधक-साधिका र समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन समाजकी सचिव कुमारी गुरुङले गर्नुभएको थियो भने उपाध्यक्ष गौरी माया प्रधानले स्वागत मन्तव्य दिनुभएको थियो। योग दिवसको अवसरमा सूर्य नमस्कार, प्राणायाम, ध्यान विधि तथा अन्य योग आसनहरू प्रस्तुत गरिएको थियो । सहभागीहरूले योग अभ्यासमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - १६:२०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology