गोरखा, असार ६ । सहिद लखन गाउँपालिका–१ बाट खैरेनीतर्फ जाँदै गरेको बोलेरो जिप गोरखा नगरपालिका–१२ स्थित साठी मुरे चौतारो नजिकै दुर्घटनामा परेको छ।
आज बिहान करिब १० किलो क्षेत्र पार गर्दै गरेको जिप नालीमा पल्टिएको जनाइएको छ। जिपमा ७/८ जना यात्रु सवार थिए। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा मानवीय क्षति भने नभएको गोरखा प्रहरीले जनाएको छ।
बर्खाको कारण सडक अबस्था कमजोर भएकाले यस्ता दुर्घटनाको जोखिम बढिरहेको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाको जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।