Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीमा ट्रमा सेन्टर निर्माणका लागि १० रोपनी सरकारी जग्गा उपलब्ध

आँबुखैरेनीमा ट्रमा सेन्टर निर्माणका लागि १० रोपनी सरकारी जग्गा उपलब्ध

images

इच्छाकामना न्युज

४, आषाढ २०८२
आँबुखैरेनीमा ट्रमा सेन्टर निर्माणका लागि १० रोपनी सरकारी जग्गा उपलब्ध
images

आँबुखैरेनी, ४ असार । सङ्घीय सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकामा ट्रमा सेन्टरसहितको १५ शय्याको अस्पताल निर्माणका लागि १० रोपनी सरकारी जग्गा दिने निर्णय गरेको छ।

असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको नाममा दर्ता रहेको सो जग्गा अस्पताल निर्माणका लागि गाउँपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको थियो।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखिको प्रयासपछि अस्पताल निर्माणका लागि आवश्यक जग्गा प्राप्ति सम्भव भएको जानकारी दिए। उनका अनुसार प्राप्त जग्गामा ट्रमा सेन्टर निर्माण गरिनेछ।

“पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर खण्ड तनहुँमा पर्दछ, जहाँ दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन्,” अध्यक्ष चुमानले भने, “यस्तो अवस्थामा ट्रमा सेन्टरको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण छ।” गाउँपालिकाले अब निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

images
प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - २२:०४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology