Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवनका सात पालिकामध्ये सबैभन्दा बढी बेरुजु भरतपुरमा

चितवनका सात पालिकामध्ये सबैभन्दा बढी बेरुजु भरतपुरमा

images

इच्छाकामना न्युज

४, आषाढ २०८२
चितवनका सात पालिकामध्ये सबैभन्दा बढी बेरुजु भरतपुरमा
images

चितवन । चितवनका सात स्थानीय तहहरुमध्ये सबैभन्दा कम अद्यावधिक बेरुजु कालिका नगरपालिकाको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा कालिकाको बेरुजु सबैभन्दा कम देखिएको हो।

आर्थिक वर्ष २०८०/८१ सम्म कालिका नगरपालिकाको कुल बेरुजु ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ। नगरपालिकाको गत वर्षको बेरुजु १ करोड ४६ लाख ६९ हजार ६५९ देखिएको छ। उक्त वर्ष कालिकाले अघिल्लो वर्षको १३ लाख ३४ हजार ३४२ रुपैयाँ बेरुजु फछ्यौट गरेको थियो।

आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकाको बेरुजु १ करोड ७७ लाख १ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०७४/०७५ नगरपालिका स्थापना हुँदा बेरुजु १० करोड २८ लाख रुपैयाँ थियो। त्यतिखेर कालिका नगरपालिकाको बेरुजु जिल्लाका अन्य स्थानीय तहकोभन्दा धेरै थियो। पदमपुर, जुटपानी, शक्तिखोर र सिद्धी गाविस गाभिएर कालिका नगरपालिका बनेको हो।

आर्थिक वर्ष २०७७/०७८ मा कालिकाको बेरुजु १६ करोड १२ लाख ९१ हजार रुपैयाँ थियो। आव २०७८/०७९ मा बेरुजु १० करोड ८३ लाख ५८ हजार रुपैयाँले घटेको थियो। कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कानुनको पालना र सरोकारवाला सबैको सहयोगले अद्यावधिक बेरुजुमा नियन्त्रण भइरहेको बताए। उनले गत आर्थिक वर्षमा देखिएको बेरुजुलाई फर्छ्यौट गरेर सकेसम्म कम बनाउने लक्ष्य राखिएको बताए।

२०७९ सालमा कालिका खर्च मापदण्ड बनेपछि बेरुजु नियन्त्रणमा आएको रेग्मी बताउँछन्। नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले संघीय र प्रदेश सरकारका कानुनहरुको पालना गर्नुका साथै नगरपालिकाले आफ्नै कानुन, कार्यविधि र मापदण्ड बनाएर पालना गरेकाले बेरुजु अन्य स्थानीय तहको जसरी बढ्न नपाएको बताए। चितवनमा सबैभन्दा बढी अद्यावधिक बेरुजु भरतपुर महानगरपालिकाको छ।

महानगरपालिकाको गत आर्थिक वर्षसम्मको बेरुजु १ अर्ब ३ करोड ५३ लाख ८ हजार ४७२ देखिएको छ। आर्थिक वर्ष २०७९/०८० मा भरतपुर महानगरपालिकाको बेरुजु ९३ करोड ५० लाख २९ हजार रुपैयाँ थियो। गत आर्थिक वर्षमात्रै महानगरको बेरुजु १० करोड २ लाख ७९ हजार ४४२ देखिएको थियो। जबकी आर्थिक वर्ष २०७९/८० मा बेरुजु ५ लाख १५ हजार रुपैयाँमात्रै थियो। गत वर्षको मात्रै बेरुजुमा जिल्लाका सबै नगरपालिकाभन्दा राप्ती नगरपालिकाको बढी छ।

राप्तीको बेरुजु एकै वर्षमा १६ करोड ७३ लाख ७७ हजार ८०८ देखिएको छ। राप्तीको गत वर्षसम्मको अद्यावधिक बेरुजु ३६ करोड ३ लाख ७१ हजार ८०८ रुपैयाँ छ। आर्थिक वर्ष २०८०/०८१ मा बेरुजु सबैभन्दा कम भने रत्ननगर नगरपालिकाको छ। रत्ननगरको गत आर्थिक वर्षको बेरुजु ४८ लाख ५६ हजार ६४९ देखिएको छ। गत वर्षसम्मको अद्यावधिक बेरुजु यस नगरपालिकाको १० करोड २ लाख ७९ हजार ५५३ छ। चितवनको खैरहनी नगरपालिकाको अद्यावधिक बेरुजु १२ करोड ८५ लाख ३ हजार ३२१ रुपैयाँ छ।

यस नगरपालिकाको गत वर्षकोमात्रै बेरुजु १ करोड १६ लाख ६० हजार ७६४ छ। माडी नगरपालिकाको बेरुजु गत वर्ष २ करोड १४ लाख ५८ हजार ९८६ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। गत वर्षसम्मको अद्यावधिक बेरुजु यस नगरपालिकाको ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ छ। इच्छाकामना गाउँपालिकाको अद्यावधिक बेरुजु १० करोड ८० लाख ६४ हजार रुपैयाँ छ।

images
प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - ०९:५५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology