Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज देशको पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुनेः महाशाखा 

आज देशको पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुनेः महाशाखा 

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
आज देशको पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुनेः महाशाखा 
images

चितवन, १६ फागुन । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको बताएको छ।महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना पनि रहेको छ।
यसैगरी आज राति पनि प्रदेश १ का पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको आज बिहान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०९:१०:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology