Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मुग्लिन-मलेखु सडक आजदेखि राति साढे चार घण्टा बन्द हुने

मुग्लिन-मलेखु सडक आजदेखि राति साढे चार घण्टा बन्द हुने

images

इच्छाकामना न्युज

३०, जेठ २०८२
मुग्लिन-मलेखु सडक आजदेखि राति साढे चार घण्टा बन्द हुने
images

मुग्लिङ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्ड आजदेखि राति साढे चार घण्टा बन्द हुने भएको छ । आजदेखि असार ७ गतेसम्म राति सवारी आवागमन बन्द गरेर सडक स्तरोन्नति गर्न लागिएको हो ।

नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो । बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको उनले बताए ।

राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने उनले जानकारी दिए । नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछन् ।

यसैगरी, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - ०६:३६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology