Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

पर्यटकको रोजाइमा कुमरोज वन : पर्यापर्यटनबाट मनग्य आम्दानी, सौराहालाई कुमरोजसँग जोड्न आवश्यक

पर्यटकको रोजाइमा कुमरोज वन : पर्यापर्यटनबाट मनग्य आम्दानी, सौराहालाई कुमरोजसँग जोड्न आवश्यक

images

इच्छाकामना न्युज

२७, जेठ २०८२
पर्यटकको रोजाइमा कुमरोज वन : पर्यापर्यटनबाट मनग्य आम्दानी, सौराहालाई कुमरोजसँग जोड्न आवश्यक
images

खैरहनी । आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटनबाट मनग्य आम्दानी गर्दै आएको छ । जिप सफारी, हात्ती सफारी, डुङ्गा सयर, पर्यटक प्रवेश शुल्क, मचान शुल्क, कफी सप सञ्चालनलगायत गतिविधि सञ्चालन गर्दै आएको छ ।

यी गतिविधिबाट कुमरोज वनले वार्षिक करोडौँ रूपैयाँ आम्दानी गर्दै आएको वनका अध्यक्ष राजु सिलवालले जानकारी दिए । यस्ता गतिविधिमा वनले कर लगाउने र नलगाउने शीर्षकलाई छुट्याएर आम्दानीमा बाँधेको छ । वनका अध्यक्ष सिलवालका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिप सफारीबाट मात्रै तीन् करोड २८ लाख ५९ हजार रूपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन करोड ३० लाख २३ हजार आम्दानी गरेको थियो । हात्ती प्रवेश शुल्क (लामो दूरी)बाट यो वर्ष १३ लाख ७१ हजार, हात्ती प्रवेश शुल्क (छोटो दूरी) तीन लाख १८ हजार रूपैयाँ, आन्तरिक पर्यटक प्रवेश शुल्कबाट एक लाख १४ हजार, मचान टिकट शुल्क (विदेशी) एक लाख १२ हजार, डुङ्गा सयर शुल्कबाट एक लाख ११ हजार, मचान शुल्क (स्वदेशी) बाट एक लाख रूपैयाँ आम्दानी गरेको छ ।

यसरी हेर्दा सो वनले करयोग्य बिक्री तथा सञ्चालन आम्दानी शीर्षकबाट तीन करोड ४९ लाख ९६ हजार रूपैयाँ आम्दानी गरेको छ । कुमरोज वनको सोमबार सम्पन्न वार्षिक साधारण सभामा अध्यक्ष राजु सिलवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ मा पर्यापर्यटनबाट मात्रै छ करोड रूपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । वनपैदावर बिक्रीबाट एक करोड ५१ लाख आम्दानी हुने अनुमान छ । वनको आम्दानीअनुसार वन संरक्षण, सामाजिक कार्य, जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

वन व्यवस्थापन, मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण, पर्यापर्यटन कार्यक्रम, संरक्षण शिक्षा, जनचेतना कार्यक्रम सामुदायिक विकासका लागि खर्च गर्दै आएको वनका अध्यक्ष सिलवालले जानकारी दिए । साधारण सभाका प्रमुखअतिथि खैरहनी–१३ का वडा अध्यक्ष कुलप्रसाद भुसालले सौराहाको पर्यटन व्यवसाय हाल सङ्कटमा रहेको उल्लेख गर्दै सौराहाको संरक्षण र प्रवद्र्धनका लागि कुमरोजसँग सहकार्य आवश्यक रहेको बताए ।

‘सौराहाको पर्यटनलाई उकास्न र यो क्षेत्रको पहिचान जोगाउन कुमरोजसँग हातेमालो गर्नुपर्छ’, उनले भने । उनले कुमरोज र सौराहाको सहकार्यले पर्यटकको संख्या वृद्धि गरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने विश्वास व्यक्त गरे । वनका अध्यक्ष सिलवालले सभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर सुधार्ने र वन संरक्षणको भावना जागृत गर्ने प्रतिबद्धता जनाए । ‘हामी पर्यटकीय गतिविधिलाई प्राथमिकता दिँदै समुदायको हित र दिगो विकासका लागि काम गरिरहेका छौँ’, उनले भने ।

लेखा समिति संयोजक सूर्यप्रसाद भुसालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार वनले उल्लेखनीय प्रगति गरेको छ । चालू आर्थिक वर्षमा कुमरोजले पर्यापर्यटनबाट छ करोड दुई लाख रूपैयाँ र वनपैदावारबाट एक करोड ५१ लाख छ हजार ९६४ रूपैयाँ आम्दानी गरेको छ । यो आम्दानीले वन संरक्षण, सामुदायिक विकास र पर्यटन प्रवद्र्धनमा मह¤वपूर्ण योगदान पु¥याएको छ । कार्यक्रममा वन समूहको निर्वाचनलाई सफल बनाउन योगदान पु¥याउने पाँच जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा निर्वाचन समिति संयोजक प्रेम केसी, चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा समिति सदस्य शान्तबहादुर मगर, समिति सदस्यहरु प्रेम रेग्मी, जानुका ढुङ्गाना र रामानन्द चौधरी रहेका छन् ।

कार्यक्रममा खैरहनी नगरपालिका वडा नं–१२ का वडाध्यक्ष केदारनाथ पन्त, बूढीराप्ती उपभोक्ता समितिका उपाध्यक्ष प्रेमबहादुर केसीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्जय दुवाडीले गरेका थिए ।

images
प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - १३:२६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology