मनकामना । गोरखा सहिद लखन गाउँपालिका- ३, मनकामनाका राजेश श्रेष्ठ पोखराको बेगनास तालमा मृत अवस्थामा भेटिएका छन् ।
आइतबारदेखि सम्पर्कबिहिन रहेका श्रेष्ठ सोमबार बेगनाश तालमा मृत फेला परेका हुन् । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनी मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनी आइतबार साँझ माँझीकुना तिरबाट पौडी खेल्न बेगनास गएका पारिवारिक स्रोतका आधारमा प्रहरीले जनाएको छ ।
श्रेष्ठको मृत शरीर सशस्त्र प्रहरीको गोताखोर टोलीले सोमबार बिहान १० बजे ३५ फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र थापाले बताए ।