चितवन । बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको विशेष पहलमा आगामी आर्थिक वर्ष २०८२।०८३ मा कार्यान्वयन हुने गरि चितवनको क्षेत्र नंं २ प्रदेश सभा क मा आधा अर्ब बढि बजेट परेको छ । मन्त्री सिलवालको निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा संघिय सरकारले कार्यान्वयन गर्ने गरी ४८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
जसअनुरुप इच्छाकामना गाउँपालिकामा ३३ करोड ७५ लाख बजेट परेको छ । उल्लेखित बजेटमा इच्छाकामना ४ स्थित सोता बगरमा तटबन्धनको लागि समपुरकतर्फ ५ करोड रुपैयाँ विनियोजन भएको छ ।
यस्तै कालिका नगरपालिकामा ९ करोड ८० लाख र भरतपुर महानगरपालिका अन्तर्गत वडा नं. १, ३ र २९ मा ९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको हो ।
बजेट विनियोजनको लागि विशेष पहल गर्नुहुने यस क्षेत्रका प्रदेश सांसद एवं बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले बजेट प्रति प्रतिक्रिया दिनुहुदै संघिय सरकार र बजेटका लागि सहजिकरण गर्नुहुने सबै जनालाई धन्यवाद व्यक्त गर्नुभयो । ‘संघिय सरकारको प्राथमिकतामा हाम्रो निर्वाचन क्षेत्र परेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो’ –उहाँले भन्नुभयो ।


