भरतपुर । भरतपुरमा हुने यू–१९ चितवन च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको ट्रफी र जर्सी (रिभिलिङ) सार्वजनिक गरिएको छ ।
प्रतियोगिता जेठ २१ देखि हुने छ । प्रतियोगितामा चार टिमले भाग लिने आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष पियाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि खेलाडीको छनोट १९ गते नारायणगढको क्याम्पाचौरमा सम्पन्न भएको छ ।