Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मानवताभन्दा माथि कुनै जात हुँदैन : प्रधानमन्त्री ओली

मानवताभन्दा माथि कुनै जात हुँदैन : प्रधानमन्त्री ओली

images

इच्छाकामना न्युज

२१, जेठ २०८२
मानवताभन्दा माथि कुनै जात हुँदैन : प्रधानमन्त्री ओली
images

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा माथि कुनै जात नहुने बताएका छन्। जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा आज शुभकामना दिँदै उनले समभाव र समानताको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

एमाले अध्यक्षसमेत रहेका ओलीले जात, थर, वा जन्मले नभई कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने उल्लेख गरे।
 
‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो। मानवता भन्दा माथि कुनै जात छैन ।’ ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, ‘रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौं, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना।’

images
प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ०९:१०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology