Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकामा भोलि स्थानीय विदा

आँबुखैरेनी गाउँपालिकामा भोलि स्थानीय विदा

images

इच्छाकामना न्युज

२०, जेठ २०८२
आँबुखैरेनी गाउँपालिकामा भोलि स्थानीय विदा
images

आँबुखैरेनी, जेठ २० । छुवाछुत तथा जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा भोलि जेठ २१ गते (बिहीबार) आँबुखैरेनी गाउँपालिकामा स्थानीय विदा दिइने भएको छ।

गाउँपालिकाको जेठ १९ गते बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष यो दिनलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाइँदै आएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार संविधानले सुनिश्चित गरेको सामाजिक न्याय, समावेशिता, सहिष्णुता र समानतामा आधारित समतामूलक समाज निर्माणको दिशामा सबैले योगदान पुर्‍याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै, छुवाछुतजस्तो अमानवीय व्यवहार अन्त्य गर्न सचेतना फैलाउनु महत्त्वपूर्ण रहेको बताए।

विदाको दिन गाउँपालिकाको कार्यालय, सबै वडाहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु तथा मातहतका अन्य कार्यालयहरु बन्द रहने जनाइएको छ। सो अवसरमा विभिन्न सचेतनामूलक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

अध्यक्ष चुमानले छुवाछुत तथा जातीय विभेद विरुद्धको दिवसले समाजमा सकारात्मक परिवर्तन र समावेशी भावना विकास गर्न सघाउ पुगोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :जेठ २०, २०८२ मंगलवार - २०:५८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology