Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तमु र गैर तमुहरुलाई तमु ल्होसार पर्व र संस्कार संंस्कृतिबारे जानकारी दिन ल्होसार महोत्सवको आयोजना गरेका हौंः अध्यक्ष हितकाजी गुरुङ

तमु र गैर तमुहरुलाई तमु ल्होसार पर्व र संस्कार संंस्कृतिबारे जानकारी दिन ल्होसार महोत्सवको आयोजना गरेका हौंः अध्यक्ष हितकाजी गुरुङ

इच्छाकामना न्युज

१३, आश्विन २०७७
तमु र गैर तमुहरुलाई तमु ल्होसार पर्व र संस्कार संंस्कृतिबारे जानकारी दिन ल्होसार महोत्सवको आयोजना गरेका हौंः अध्यक्ष हितकाजी गुरुङ

आदिवासी जनजातिमा सूचिकृत भएका मध्य एक जाति गुरुङ पनि हो । विशेषत जनजातीहरु संस्कार संस्कृतिले धनि जाति मानिन्छ । त्यसमध्ये गुरुङ जातिको पनि आफ्नै धर्म संस्कार संस्कृति भेषभुषा भाषा चाडपर्वहरु लगायतका छन् । अहिले गुरुङ जातिले मनाउने ल्होसार पर्व नजिकिदै आएको छ । यहि पौष १५ गते गुरुङहरुले विशेष महत्वका साथ यो पर्व मनाउने गरेको पाइन्छ । गुरुङहरुको धार्मिक संस्थाको रुपमा परिचित तमु प्ये ल्हु संघ केन्द्रिय समितिले यस वर्ष तमु ल्होसार महोत्सवको रुपमा ५ दिनसमम्म पोखरामा देशभरका गुरुङहरुलाई समेटेर मनाउने तयारी गरेको छ । यहि सन्दर्भमा तमु ल्होसार भनेको के हो ? कसरी मनाईन्छ ? ल्होसार महोत्सवको तयारी कस्तो हुदैछ ? महोत्सवमा के–के हुन्छ ? लगायतका प्रश्नहरु समेटेर आयोजक तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ  सँग इच्छाकामना न्युजका लागि कार्यकारी सम्पादक चित्र बहादुर गुरुङले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंशः
–अध्यक्ष ज्यू यो तमु ल्होसार भनेको के हो ?
यो तमु ल्होसार भनेको तमु जातीको पर्व हो । तमु जातीको वर्ग हो । त्यसरी बुभ्mदा राम्रो हुन्छ ।
–तमु जातिले यो पर्व कहिले र कसरी मनाउने गर्छ ?
यो तमु ल्होसार पर्व परम्पारगत रुपमा भन्नुपर्दा पहिले आफ्नो दाजुभाई गाउँ टोल समूहमा सिमित थियो । युवाहरु बुढापाकाहरु बच्चा नानीहरु सबैले आफ्नो आफ्नो ग्रुपमा छिमेकमा आफ्नो आफ्नो टोलमा मनाउने गथ्र्यो पुस १५ मा तर अहिले समय सापेक्ष तमुहरु धेरै ठाउँमा बसोबास भयो, संस्थागत भयो, त्यसैले यसलाई अहिले पर्वको रुपमा बृहत रुपमा मनाउन लागिरहेका छन् ।
–यसपटक तपाईहरुले पोखरामा यो ल्होसा पर्वलाई महोत्सवको रुपमा मनाउदै हुनुहुन्छ भनेर व्यापक प्रचार प्रसार गरिरहनुभएको छ, यो ल्होसार पर्वलाई महोत्सवकै रुपमा मनाउनु पर्ने खास कारण चाहि के होला ?
किनभने यो सिमित तमु जातीमा मात्र सिमित भयो । तमुहरु देश विदेश नेपाल अधिराज्य भर पूर्व देखि पश्चिम सम्म छरिएर रहेको छ । कतिपय तमुहरुलाई यो पर्व चाड ल्होसारको आफ्नो संस्कार संस्कृतिको बारेमा थाहा छैन । तमु जाति वाहेकका अन्य जातीलाई पनि तमु समुदायको संस्कार संस्कृति कति महत्वपूर्ण छ भन्ने जनाउन र आफ्नो तमु जातीलाई आफ्नो संस्कार संस्कृति चाडपर्व के हो त भनी चिनाउनका लागि पनि तमु ल्होसारलाई महोत्सवको रुपमा मनाउन आयोजना गर्नुपरेको हो ।
–यो ल्होसार महोत्सव तपाईहरुले कहिले देखि कति दिन मनाउदै हुनुहुन्छ ?
यहि पौष १२ गते अमरसिंह चौरमा उद्घाटन गरी सुरु हुदैछ ल्होसार महोत्सव । महोत्सवको उद्घाटनको दिन रानीपौवा, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक हुदै अमरसिंह चौरसम्म तमु भेषभुषा, नाँचगान, झाँकी सहितको ¥याली परिक्रमा पश्चात पहिलो दिन उद्घाटन हुनेछ । त्यसमा सबैलाई निमन्त्रणा छ । त्यसपछि १३, १४, १५ र १६ गते ४ दिनसम्म तमु प्ये ल्हु संघको केन्द्रिय कार्यालय परिसर शक्तिघाटमा महोत्सव चल्नेछ ।
–पुस १२ गते उद्घाटन पश्चात बाँकी दिन पुष १६ गतेसम्म चाहि के–के गरेर मनाउदै हुनुहुन्छ ?
बाँकी दिनहरु मध्ये १३ र १४ गते हाम्रा तमु जातिहरुको गुरुहरु हुनुहुन्छ । पच्यु, क्ल्हेप्री र लम गुरु । हिजो सृष्टिको पुरोहितहरु हो उहाँहरु । उहाँहरुले तमु जातिको संस्कारहरु गर्नुहुन्छ । तमु जातिको प्ये ता ल्हु ता वेद शास्त्र उहाँहरुले पढ्नुहुन्छ । अनि त्यहि विषयमा प्रवचन पनि दिने कार्यक्रम छ । सबै तमु जातिहरुलाई आफ्नो वेदशास्त्र संस्कार संस्कृति इतिहासको बारेमा वेदमा उल्लेखित भएका कुराहरुलाई उहाँहरुले प्रवचन दिनुहुन्छ । यसका साथै मनोरञ्जनात्मक तमु जातिको साँस्कृतिक कार्यक्रमहरु नृत्य मुक्तक वाचन, रक्तदानको कार्यक्रमहरु छ । खेलकुदको कार्यक्रमहरु छ । अनि १४ गते राति खी ल्हो कुकुर वर्ग विदाइ गर्छ र फो ल्हो मृग वर्गलाई स्वागत गर्छ । १४ गते हामीले वोन फायर आगोको ज्वालाबाट नयाँ वर्गलाई स्वागत पूरानो वर्गलाई विदाइ गर्छ । १५ गते विहान ठुलो पूजा हुन्छ । पोच्यो गुरुहरुबाट छ्योप त्हें, पूजा हुन्छ । क्ल्हेप्री गुरुबाट थासो त्हे हुन्छ । लम गुरुबाट छ्ये कु ह्यो खु त्हें, लक्षिन बोलाउने कामहरु वेदशास्त्र पढेर जग्गे बसालेर गर्ने हुन्छ । त्यसपछि तिन वटै तमु पुरोहितहरुबाट सम्पूर्ण तमुहरुले आशिर्वाद लिने रुपा लगाएर रक्षाबन्धन सुरक्षित हुने जुन उहाँहरुले मन्त्रणा आशिर्वाद दिनुहुन्छ । त्यो पनि लिने काम हुन्छ र त्यसपछि स्योकै भोज खाने कार्यक्रम हुन्छ । १५ गते दिनभरी रमाइलो गर्ने मनोरञ्जन गर्ने साँस्कृतिक कार्यक्रमहरु गर्ने छ र १६ गतेको दिनमा समापन कार्यक्रम हुनेछ ।
– यो महोत्सव अवलोकन तथा सहभागीताको लागि को–कहाँबाट आउदैछन् त ?
महोत्सवमा सहभागीताको लागी हामी आयोजक तमु प्ये ल्हु संघको १८ वटा जिल्ला शाखाका तमुहरु सबै आउनुहुन्छ । त्यस्तै ९ वटा प्रवास शाखाहरुबाट प्रतिनिधीत्व गर्दै प्रतिनिधीहरु आउनुहुन्छ । त्यस्तै राज्यका निकायहरु प्रदेश र केन्द्र सरकारका विभिन्न प्रतिनिधीहरु, राजनैतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई अतिथिको निमन्त्रणा गरेका छौं । साथै पोखरामा रहेका तमु बाहेकका अन्य जातजातिको पनि झाँकी सहित उपस्थितीको लागि निमन्त्रणा गरेका छौ उहाँहरु महोत्सवमा आउनु हुनेछ ।
–जब जब यो ल्होसार नजिकिदै गर्छ तव एउटा शब्दको निकै बहस चल्छ, जस्तो कि एकथरी तमुले ल्होसार भन्ने अर्को थरीले ल्होछार भन्ने गर्छ भने कसैकसैले त ल्होछार÷ल्होसार भन्ने पनि गरिन्छ, यसले पहिचान भन्दा नी भ्रमित पार्ने काम भएन र ?
यो हुन नपर्नी हो भै राको छ यो हामीमा बुझाइको कमी कमजोरी हो । कुरा बुभ्mनु प¥यो राम्रोसँग बुभ्mप¥यो यथार्थ के हो ? हिजोको इतिहास हिजोको सृष्टीको कुरा के हो ? हामी अहिलेको कुरा गरिराको छैनौ इतिहासको कुरा गरि राको छौ । मौलिकताको कुरा गरिराछौ । संस्कृतिको कुरा पहिचानको कुरा गरिराछौ । त्यो आधारहरुलाई लिएर ल्होसार भन्दैछौ । हिजोको प्ये शास्त्रमा भएको कुरालाई लिएर चाहि हामी प्ये ल्हु संघले ल्होसार भनेको हो । अरु केहि साथीहरुले ल्होसारलाई ल्होछार भनेको छ । छार भनेको नयाँ हो । ल्हो भनेको वर्ग हो । वर्ग १२ वटा हुन्छ । यो नयाँ हुदैन प्रत्येक १२ वर्षमा यसले एक वर्ष भोग गर्छ । त्यसैले यो छार नयाँ होइन । यो सर्दै जाने सार हो । यो नयाँ भएर आउदैन । जस्तै यो २०७५ साल यो २०७६ साल नयाँ भएर आउछ यो फर्किदैन । यो १२ वटा वर्ग भनेको फर्किने हो । यो वर्गको चक्रिय प्रणाली हो । त्यसैले यो छार हैन सार हो । अब आफ्नो आफ्नो बुझाई पनि हो । सबैले सारलाई बुझेर सारमा गयो भने एक रुपता हुन्छ ।
– विषेश गरेर गण्डक क्षेत्र जहाँ तमुहरुको उद्गमस्थल र बसोबास पनि बढि भएको क्षेत्रमा तमु संस्कार संस्कृति रहेको छ तर देशको दुरदराजमा भएको जहाँको तमु समुदायलाई आफ्नो संस्कृति बारे उति धेरै थाहा नभएकाहरुलाई त निर्क भ्रम पार्ने देखियो नी, यस्तो भ्रमले त कहि नभएको जात्रा हाडिगाउँमा भने जस्तो हुदैन र ?
हैन मैले अघि नै भनेनी हामी भ्रममा लाग्नु भएन, यथार्थ कुरामा लाग्नु प¥यो । बुभ्mनुप¥यो । कुरो त ल्याउछ नी एउटाले के भन्छ अर्कोले के भन्छ । कागले टोपी लग्यो भनेर कागको पछि दौडने कि पहिले आफ्नो शिर छाम्ने त बुभ्mनुप¥यो नि हैन र । यथार्थ कुरालाई लिनुप¥यो । कसैलाई एकछिन भड्काउने, कसैलाई फसाउने कुरा त हैन । यथार्थ कुरो यो केमा आधारित छ त नि संस्कारमा आधारित छ कि शास्त्रमा आधारित छ कि इतिहासमा आधारित छ । यो कुराहरु खोज्नु प¥यो नि त । एउटा व्यक्तिले भन्यो भन्दैमा त्यसको पछि लाग्नु जरुरी छैन । म के भन्छु भने यथार्थ के हो त्यसैमा लाग्न सबैलाई अनुरोध छ ।
–तपाईलाई भन्नै पर्दा तपाईले नेतृत्व गरेको तमु प्ये ल्हु संघको बारेमा अझै पनि धेरै तमुहरुलाई थाहा छैन, यो तमु प्ये ल्हु संघ भनेको के हो ? बताईदिनुहोस् न ।
वास्तवमा तमु प्ये ल्हु संघ भनेको तमु भनेको गुरुङ भयो, प्ये भनेको शास्त्र, ल्हु भनेको संस्कार भयो संघ भनेको त एउटा संस्था भइहाल्यो । तमु प्ये ल्हु संघ गुरुङहरुको धार्मिक संस्था हो । यसले चाहि गुरुङको धर्म संस्कृति संरक्षण संम्वद्र्धन प्रवद्र्धन गर्छ र यसको इतिहास बारे अनुसन्धान गर्छ । यो संघको उद्देश्य नै यहि हो । यसमा कुनै राजनिति छैन, कुनै अर्को जातिलाई विवाद गराउने छैन, आफ्नो जाति धर्म संस्कारको बारेमा यसले काम गर्छ । कतिले यो बुझेको छैन कतिलाई यो थाहा छैन कति जातिहरु हिजोको परापूर्व कालदेखि पहाड गाउँतिर बस्दै आएको हो । तमु जातिको धर्म संस्कारहरुको संस्थागत रुपमा विकाश भएन । जातिमा मात्र सिमित भयो र आजको युगमा आएपछि यसलाई संस्थागत गर्न विकाश गर्न विस्तार गर्न राज्यसँग नजिक रहेर सबैलाई बुझाउन यो संस्था स्थापना भई संस्थागत रुपमा अगाडी बढिरहेको छ ।
–यो संस्थाको स्थापना भएको कति भयो ?
यो संस्था स्थापना भएको त २८ साल भयो । वि.सं. २०४७ सालमा यसको स्थापना भएको हो । यसको केन्द्र पोखराको रानीपौवा शक्तिघाटमा छ ।
–अन्त्यमा यहाँहरुले जुन काम गर्दै हुनुहुन्छ, ल्होसार महोत्सवको सफलताको कामना पनि गर्दछौ हामी र फों ल्होसारको पनि शुभकामना तपाईहरुलाई । अन्त्यमा केहि कुराहरु भन्न छुटाउनु भो कि ?
अन्त्यमा तपाइहरुको यो मिडिया मार्फत हामीले हाम्रो तमु समुदायको तमु ल्होसार पर्वको अवसरमा आयोजना गरेको तमु ल्होसार महोत्सवको बारेमा केही कुराहरु राख्ने अवसर दिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु र यो हाम्रो फो तमु ल्होसारको अवसरमा सबैमा सुख शान्ति समृद्धिको कामना गर्दै धुमधामसँग फो ल्होसा मनाउनु हुन अनुरोध गर्दछु साथै फो तमु ल्होसार महोत्सव अवलोकनका लागि आउनु होला भन्दै यहिबाट निमन्त्रणा पनि गर्न चाहान्छु ।

images

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:३०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology