Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

गिराउन चौर–गाउँकोट–हिलेखर्क सडक स्तर उन्नति कार्य श्रमदानमार्फत सुरु

गिराउन चौर–गाउँकोट–हिलेखर्क सडक स्तर उन्नति कार्य श्रमदानमार्फत सुरु

images

इच्छाकामना न्युज

१३, जेठ २०८२
गिराउन चौर–गाउँकोट–हिलेखर्क सडक स्तर उन्नति कार्य श्रमदानमार्फत सुरु
images

आँबुखैरेनी, १३ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. १, २ र ६ जोड्ने गिराउन चौर–गाउँकोट–हिलेखर्क सडकको स्तर उन्नति कार्य अब स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा श्रमदानमार्फत सुरु गरिएको छ।

यस कार्यको मुख्य उद्देश्य वर्षायाममा हिलो र खराब अवस्थामा रहने सडकलाई सुधार गरेर सहज आवागमन सुनिश्चित गर्नु हो। स्थानीय बासिन्दा, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूको सहकार्यमा चलिरहेको यो अभियानले गाउँबीचको यातायातलाई सहज बनाउने, कृषिजन्य उत्पादनलाई बजारमा पुर्‍याउन मद्दत गर्ने र समग्र सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस कार्यमा सबैको सक्रिय सहयोगको आवश्यकता रहेको बताउँदै, "यस सडक सुधार कार्यले स्थानीय बासिन्दाहरूको जीवनस्तरलाई उच्च बनाउने र समग्र विकासमा योगदान पुर्याउनेछ।" उनले थपे, "पालिकाले दीर्घकालीन रूपमा यो अभियानलाई व्यवस्थित र निरन्तरता दिने योजना बनाएको छ।"

यस सडक स्तरोन्नति कार्यको लागि पालिका सरकारले प्राविधिक सहयोग प्रदान गर्दै जनश्रमको आधारमा काम अघि बढाएको छ, जसले स्थानिय नागरिकको सहभागितालाई अझ मजबुत बनाएको छ।

images
प्रकाशित मिति :जेठ १३, २०८२ मंगलवार - ११:२८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology