इच्छाकामना, ८ जेष्ठ । जनस्वास्थ्य कार्यालय चितवन र इच्छाकामना गाउपालिकाको सहकार्यमा पामडाडा स्वास्थ्य चौकिमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ।
शिबिरमा जम्मा १२९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिबिरमा विभिन्न स्वास्थ्य परिक्षणहरू गरिएका थिए, जसमा: स्तन क्यान्सर जाँच: ६८ जना, आखा जाँच: ९३ जना (जसमध्ये ११ जना मोतिबिन्दुको समस्या देखिएको), खकार परीक्षण: २५ जना (१ जना मा क्षयरोग देखिएको), मधुमेह: ५ जना, उच्च रक्तचाप: १४ जना, पिसाबमा एल्बुमिन बढि: २५ जना, मोतिबिन्दु भएका ११ जना मध्ये १० जनालाई वडा नं. ५ को समन्वयमा इच्छाकामना गाउपालिका कार्यालयबाट गाडीको व्यवस्था गरि भरतपुर आखा अस्पतालमा मोतिबिन्दुको निशुल्क अपरेसन गराइ घर फर्काइएको छ।
जनस्वास्थ्य कार्यालय चितवन र भरतपुर आखा अस्पतालको सहयोगले शिबिर निकै सफल इच्छाकामना गाउपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।