Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीमा एक थान पेस्तोलसहित दुई जना पक्राउ

आँबुखैरेनीमा एक थान पेस्तोलसहित दुई जना पक्राउ

images
आँबुखैरेनीमा एक थान पेस्तोलसहित दुई जना पक्राउ
images

आँबुखैरेनी, जेठ ८ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडकखण्डमा प्रहरीले विशेष चेकजाँचका क्रममा अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना.२८ प.१५१९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सवार व्यक्ति मिलन ढकालको झोलाबाट ‘Special Made in U.S.A. 771’ लेखिएको एक थान पेस्तोल, एक थान म्याग्जिन र एक राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पक्राउ पर्ने ढकाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका–१२ का २५ वर्षीय हुन् भने मोटरसाइकल चालक चितवन माडी नगरपालिका–७ का ३२ वर्षीय विजय तिवारी रहेका छन्।

दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - १४:२१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology