Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाद्वारा तीन भाषामा साइन बोर्ड राख्ने निर्णय

आँबुखैरेनी गाउँपालिकाद्वारा तीन भाषामा साइन बोर्ड राख्ने निर्णय

images
आँबुखैरेनी गाउँपालिकाद्वारा तीन भाषामा साइन बोर्ड राख्ने निर्णय
images

आँबुखैरेनी, ७ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले अब आफ्नो साइन बोर्डमा तीन भाषामा लेख्ने निर्णय गरेको छ। गाउँपालिकाले तमू खेमाँ लिपि, मगर भाषा लिपि र नेपाली (खस) देवनागरी लिपि समावेश गर्ने निर्णय गरेको हो।

गत चैत्र १० गते शहिद शुकदेवको १४८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा तमु ह्युलका अध्यक्ष पुर्ण ब. तमुले आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान समक्ष उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

पालिका अध्यक्ष शुक्र चुमानले उक्त प्रस्तावलाई समर्थन गर्दै चाँडै कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्। " गाउँपालिकको यस निर्णयले स्थानीय भाषाको संरक्षण र प्रवर्धनमा ठूलो योगदान पुर्याउने विश्वास छ ' - अध्यक्ष चुमानले भने ।

यो निर्णय स्थानीय भाषाको संरक्षणको लागि महत्वपूर्ण कदम मानिन्छ र यसले अन्य जिल्लासम्म पनि सकारात्मक असर पुर्याउने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - ००:०९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology