आँबुखैरेनी, ६ जेष्ठ । तनहुँको आँबुखैरेनी वडा नं. ३ का विभिन्न टोलहरुमा अग्नीजन्य दुर्घटनाबाट बच्नका लागि फायर हाइड्रेन्ट राख्ने तयारी सुरु गरिएको छ । उक्त कार्यको लागि ईस्टिमेटको काम हालै सुरु गरिएको हो ।
स्थानीय प्रशासनका अनुसार, यस योजना अन्तर्गत वडा-३ का सबै प्रमुख टोलमा फायर हाइड्रेन्ट राखिनेछ, जसले आगलागीको स्थितिमा तत्काल पानी आपूर्ति गर्नेछ। यसले आगो निभाउने प्रक्रियामा तीव्रता ल्याउने र संकटको समयमा प्रभावकारी सहायता पुर्याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
अध्यक्ष चुमानले भने, “आँबुखैरेनी वडा-३ को टोलहरुमा आगलागीका घटनामा प्रभावकारी सुरक्षा उपायको अभाव थियो। यस परियोजनाबाट हामी आगो नियन्त्रणमा सहयोग पुर्याउन सक्षम हुनेछौं।”
फायर हाइड्रेन्टका लागि हाल ईस्टिमेटको काम हाल चलिरहेको र निकट भविष्यमा यो योजनाको कार्यान्वयन सुरु गरिने गाउँपालिकाले जनाएको छ ।
उक्त परियोजनाको सम्पन्नता पश्चात, स्थानीय जनतालाई सुरक्षित र संरक्षित राख्नका लागि एक महत्वपूर्ण कदम हुने विश्वास छ।