Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीको टोल टोलमा लागु पदार्थ सेवन परीक्षण कार्यक्रम सञ्चालन

आँबुखैरेनीको टोल टोलमा लागु पदार्थ सेवन परीक्षण कार्यक्रम सञ्चालन

images
आँबुखैरेनीको टोल टोलमा लागु पदार्थ सेवन परीक्षण कार्यक्रम सञ्चालन
images

आँबुखैरेनी, ५ जेष्ठ – तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित डाँडाटोलमा सवारी चालकहरूको लागु पदार्थ सेवन परीक्षण गरिएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोली र आँबुखैरेनी अस्पतालका प्राविधिकहरूको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य सवारी दुर्घटनामा कमी ल्याउने र सुरक्षित यात्रा प्रवर्द्धन गर्नु रहेको छ। सार्वजनिक र निजी सवारी चालकहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रममा चालकहरूको शारीरिक अवस्था र मानसिक सजगता परीक्षण गरी लागु पदार्थ सेवनको सम्भावना जाँचिएको थियो।

यस प्रकारका कार्यक्रमहरूले यातायात क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :जेठ ५, २०८२ सोमवार - १९:४७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology