Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी क्याम्पसमा पूर्व विद्यार्थी संघ तदर्थ समिति गठन

आँबुखैरेनी क्याम्पसमा पूर्व विद्यार्थी संघ तदर्थ समिति गठन

images

इच्छाकामना न्युज

२८, बैशाख २०८२
आँबुखैरेनी क्याम्पसमा पूर्व विद्यार्थी संघ तदर्थ समिति गठन
images
आँबुखैरेनी, २८ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी क्याम्पसमा पूर्व विद्यार्थी संघ तदर्थ समिति गठन गरिएको छ ।
क्याम्पस प्रमुख भवदत्त शर्मा र सहायक क्याम्पस प्रमुख रामचन्द्र आचार्यको उपस्थितिमा शनिबार आयोजित एक औपचारिक सम्पन्न भेलाले ११ सदस्यीय पूर्व विद्यार्थी संघ तदर्थ समिति गठन गरेको हो।
समितिको संयोजकमा पूर्व विद्यार्थी सुष्मा श्रेष्ठ चयन हुनु भएको छ। समितिका अन्य सदस्यहरूमा दुर्गा बहादुर थापा, पशुपति बस्नेत, विष्णु माया गुरुङ, गीता पाण्डे अर्याल, सम्झना देवकोटा, राधिका देवकोटा, पूजा राना, सविता भट्टराई, सुशिला न्यौपाने र गोमा अधिकारी रहनुभएको छ।
क्याम्पसको शैक्षिक, भौतिक तथा समग्र विकासमा सक्रिय सहयोग पुर्याउने उद्देश्यले पूर्व विद्यार्थी सङ्घको गठन गरिएको भेलामा सहभागी प्राध्यापक राजेश सुनामले जानकारी दिनुभयो।
पूर्व विद्यार्थीहरूको सक्रिय सहभागिताले क्याम्पस र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - २१:१८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology