Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीमा लागुऔषध सहित २ युवक पक्राउ

आँबुखैरेनीमा लागुऔषध सहित २ युवक पक्राउ

images

इच्छाकामना न्युज

२८, बैशाख २०८२
आँबुखैरेनीमा लागुऔषध सहित २ युवक पक्राउ
images
आँबुखैरेनी, २८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागुऔषध सहित २ युवक प्रक्राउ परेका छन् ।
पृथ्वी राजमार्ग सडक–खण्ड अन्तर्गत बेनिटारमा प्रहरी टोलिले सवारी साधनहरु तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा कास्की पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने वर्ष ३० का आशिक जलारी र तनहुँ शुक्ला गण्डकी नगरपालिका वडा नं. ३ बस्ने वर्ष २२ का प्रदिप वि.क.लाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका जलारी र वि.क. को साथमा लुकाई छिपाई ल्याएको अवस्थामा डाईजेपाम–६२ एम्पुल, फेनेरागन–६२ एम्पुल, नोफिन–६२ एम्पुल जम्मा १८६ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १५:००:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology