Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रेबिज लागेर इच्छाकामनाका नीमबहादुर प्रजाको मृत्यु

रेबिज लागेर इच्छाकामनाका नीमबहादुर प्रजाको मृत्यु

images

इच्छाकामना न्युज

२५, बैशाख २०८२
रेबिज लागेर इच्छाकामनाका नीमबहादुर प्रजाको मृत्यु
images

इच्छाकामना ।  रेबिज लागेर इच्छाकामना गाउँपालिका-२ हपनिका  ३२ वर्षीय  नीममबहादुर प्रजाको मृत्यु भएको छ। निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। 

  केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो। उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो। उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए। नीम बहादुर इच्छाकामना २ हपनी स्थायी घर भई हाल कलिका नगरपालिका ८ अजिङ्गरे बस्दै आएका थिए । उनलाई कालिका ८ अजिङ्गरेमै कुकुरले टोकेको इच्छाकामना २ का वडाध्यक्ष पञ्च बहादुर चेपाङले बताए । वडाध्यक्ष पञ्च बहादुर चेपाङका अनुसार नीम बहादुर विगत ४ बर्षदेखि अजिङ्गरे बस्दै आएका थिए । 

images
प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - २२:०१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology