Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीमा कृषक समुहहरुलाई उन्नत जातको ब्याड बोका वितरण

आँबुखैरेनीमा कृषक समुहहरुलाई उन्नत जातको ब्याड बोका वितरण

images

इच्छाकामना न्युज

२५, बैशाख २०८२
आँबुखैरेनीमा कृषक समुहहरुलाई उन्नत जातको ब्याड बोका वितरण
images
आँबुखैरेनी, २५ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषि फर्म/कृषक समुहहरुलाई ८ वटा जमुनापारी क्रस र १५ वटा बोएर क्रस जातको बोकाहरु वितरण गरेको छ ।
गाउँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम “उन्नत जातको ब्याड बोका वितरण” अन्तर्गत कृषि फर्म/कृषक समुहहरुको माग बमोजिम आज बिहीबार उच्च प्रजनन् क्षमता भएका ८ वटा जमुनापारी क्रस र १५ वटा बोएर क्रस जातको बोकाहरु प्रजननको लागि वितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिकाद्वारा कृषहकरुलाई वितरित बोकाहरुको निःशुल्क बीमा पनी गरिएको छ ।
उक्त कार्यक्रममा पालिका अध्यक्ष शुक्र चुमानले गाउँपालिका भित्र उत्पादित खसीबोकाहरुको सहज बजारिकरण र उत्पादनको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
साथै अध्यक्ष चुमानले आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित अनुदान कार्यक्रममा खसीबोकाको मासुलाई पनि समावेश गर्ने योजना रहेको बताउनुभयो ।

images
प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - २१:५७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology