Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

सहिद लखनको वडा ७ उत्कृष्ट, ५ लाख बजेट थप

सहिद लखनको वडा ७ उत्कृष्ट, ५ लाख बजेट थप

images

इच्छाकामना न्युज

२३, बैशाख २०८२
सहिद लखनको वडा ७ उत्कृष्ट, ५ लाख बजेट थप
images

हरिराम उप्रेती / गोरखा । सहिद लखन गाउँपालिका–७ वडागत रुपमा उत्कृष्ट बनेको छ । गाउँपालिकाको आन्तरिक मूल्यांकनका आधारमा वडा नम्वर ७ उत्कृष्ट बनेको हो ।

गाउँपालिकाको उत्कृष्ट वडा छनोट कार्यविधि–२०८१ अनुसार ८५ नम्बर प्राप्त गर्दै उत्कृष्ट बनेको वडा नम्बर ७ ले पाँच लाख अनुदान पुरस्कार पनि पाएको छ । वडाहरुको समग्र कार्य सम्पादन र राजस्व संकलनमा गरेको प्रयासको मूल्यांकन तथा पृष्ठपोषणका आधारमा उत्कृष्ट वडा छनोट गर्ने प्रावधान छ ।

प्राप्त पाँच लाख थप बजेट वडाभित्रको भौतिक पूर्वाधार विकासमा खर्च गर्ने वडाअध्यक्ष शरण श्रेष्ठले बताए । ‘जनप्रतिनिधि र कर्मचारीको टिमवर्कले यो सफलता पाएका हौं,’ उनले भने, ‘उत्कृष्ट वडा बन्दा हौसला थपेको छ ।’ उक्त वडाले चालु आर्थिक वर्ष उपभोक्ता समितिमार्फत सञ्चालन भएको १२ योजनाको काम पनि गत माघमै सम्पन्न गरेको थियो । गत वर्ष पनि वडा नम्बर ७ नै उत्कृष्ट बनेको थियो ।

images
प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - २२:२२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology